इजरायल–गाजा सीमा क्षेत्रमा शक्तिशाली विस्फोट, चार इजरायली सैनिक घाइते

जेरुसेलम, ६ फागुन । इजरायल–गाजा सीमा क्षेत्र नजिक भएको एक शक्तिशाली विस्फोटमा चार जना सैनिक जवान घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ सेनाले सो क्षेत्रमा प्यालेस्टाइनी झण्डा फहराएको देखिएको र सैनिक जवान त्यहाँ पुगेपछि विस्फोट भएको जनाएको छ जवाफी कारबाहीमा इजरायलले गाजा क्षेत्रमा हमासका लडाकुहरु रहेका क्षेत्रमा आक्रमण गरेको छ । इजरायली अधिकारीले हमासका ६ वटा अड्डामा आक्रमण गरेको जनाएका छन् गाजाका स्वास्थ्यकर्मीले यो घटनामा दुई प्यालेस्टाइनी घाइते भएको बताएका छन् । इजरायली सञ्चारमाध्यमले भने इजरायल र हमासका लडाकुबीच सन् २०१४ मा भएको युद्धपछिको पहिलो घटना भएको जनाएका छन् यो विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । सन् २००८ पछि मात्रै प्यालेस्टाइनको हमास संगठनले तीन पटक युद्ध लडिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?