काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकार विरूद्ध गरेको प्रदर्शनका क्रममा ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
नेविसंघ पर्सा र इकाइ कमिटीको संयुक्त नेतृत्वमा भएको प्रदर्शनका क्रममा नेविसंघका जिल्ला सभापती विकास तिवारी, ठाकुरराम इकाइ सभापती मनोज साह, जिल्ला उपाध्यक्ष शेष, सहसचिव श्याम रमेश यादव, पुर्व प्रदेश सदस्य अभय कर्ण, श्याम गुप्ता पक्राउ परेका हुन् ।
कोरोनाभाइरस महामारी नियन्त्रणमा सरकारको प्रभावकारी काम गर्न नसकेको भन्दै तीनै तहको सरकारको विरूद्धमा प्रदर्शन गरिएको हो ।
वीरगञ्जको महाबिर स्थान चोकबाट सुरू भएको प्रदर्शन घण्टाघर चोकमा आएर टुंगिएको थियो ।
प्रदर्शनका क्रममा प्रधानमन्त्री ओली र प्रदेश २ का मुख्यमन्त्रीको पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेप गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जका कारण नेविसंघका दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते समेत भएका छन् ।
इकाइ अध्यक्ष मनोज कुमार साहको ढाडमा गम्भीर चोट लागेको छ । हिरासतमा रहेका उनलाइ अस्पताल लगिएको छैन ।
‘सर्वसाधारणको घरभाडा, बैंक ब्याज, कर, विद्युत महशुल माफ गर’, ‘सर्वसाधारण उपचारको खोजमा, सरकारको भ्रष्टाचारको मौजमा’, ‘हन्ड्रेड पर्सेन्ट पिसीआर’, ‘कालापनी, लिपुलेक होम्रो हो’, ‘सरकार खै रु १० अर्बको हिसाब खै ? , ‘कर केका लागिरु’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित नेविसंघ प्रदर्शनमा उत्रिएको थियो ।
शान्तिपुर्णमा गर्न खोजिएको प्रदर्शनका क्रममा भएको प्रहरी हस्तक्षेप उचित नभएको नेविसंघका पदाधिकारहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया