काठमाडौं । नेपालमा हाल एक करोड ८ लाख भन्दा बढीले मोबाइल बैंकिङ्ग प्रयोग गर्छन् । यसका साथै देशमा १६ सय भन्दा बढी अधिक ब्रान्चलेन्स बैंक रहेका छन् । देशभित्र ७२ लाख डेबिट कार्ड प्रयोगकर्ता तथा १ लाख ६० हजार क्रेडिट कार्ड प्रयोगकर्ता रहेको नेपाल रास्ट्र बैंक, भुक्तानी प्रणाली बिभाग का कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बताए ।
शनिवार लोकपथ विशेषः “क्यासलेस नेपाल सपना र चुनौती”मा बोल्दै निर्देशक नेपालले कोभिड़ (१९ पछि नेपालमा पनि डिजिटल ट्राञ्जेक्सनमा नयाँ आयाम थपिने र यसका लागि नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत कार्यहरु अघि बढाउने बताएका छन् ।
एफ वन सफ्टका प्रेसिडेन्ट विश्वास ढकालले क्यासलेस नेपाल सपनामा निकै अझै थुप्रै चुनौतीहरु रहेको बताएका छन् । इसेवा जस्तो नेपालकै पहिलो मोबाइल वालेट सोलुसन प्रदान गर्ने कम्पनी आज ११ बर्ष पछि पनि घाटमा संचालन हुन् बाध्य छ भन्दै यो व्यवसायमा अझै थुप्रै चुनौतीहरु विद्यमान रहेको बताए । त्यस्तै प्रोफिट मार्जिन २ प्रतिशत भन्दा कम छ साथै सरकारका बिजुली तथा पानीको पेमेंन्ट अझै निशुल्क गर्ने योजना रहेको बताएका छन् । उनका अनुसार यदि क्यासलेस नेपालको सपना देख्ने हो भने सरकारले केहि हदसम्म यसका लागि इन्टेन्सिभ प्याकेजहरु ल्याउनु पर्दछ ।
त्यस्तै आजको दिनमा करोडौँ रुपैयाँ फेसबुक, नेटफिक्स लगायत विभिन्न गेमिङ्गमा विदेसिने गरेको र यसलाई रोक्न नसकिने हुँदा अब सरकारले यसलाई कानूनी दायरामा ल्याउन नीतिगत सुधार गर्नु पर्ने एफ वन सफ्टका प्रेसिडेन्ट ढकाल बताए ।
पेमेन्ट गेटवे निर्माण र नेसनल सुइच तथा नेसनल क्युआर कोड निर्माणको कार्य नेपाल राष्ट्र बैंकले निरन्तर गर्दै आएको जनाउँदै कार्यकारी निर्देशक नेपालले आगामी दिनमा यसमा थप तिव्रता प्रदान गर्दै चाडो भन्दा चाडो क्यासलेस नेपालको सपना पुरा गर्न सबै सरोकारवालाहरुसँगको सहकार्यमा आफुले कार्य अघि बढाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया