प्रजातन्त्र दिवसको उपलक्ष्यमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौँ, ६ फागुन- फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्ने छन् । जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरे पछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ । सो प्याक आज (२०७४ फाल्गुण ६) देखि आगामी फाल्गुण ८ गतेसम्म खरिद गर्न सकिने कम्पनीले जनाएको छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ । तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ । फ्रिडम प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415*8# डायल गर्न वा FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिने पनि टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?