श्रीमतीको पैसा चोरेर फुटबल क्लब खरिद गर्दा यस्तो आपत् !

लण्डन, ६ फागुन । मस्ती गर्न कसलाई रमाईलो लाग्दैन र । तर धेरैजसो मानिस यसको सीमामा रहेका हुन्छन् र त्यो तोड्न उनीहरुलाई सहज हुँदैन । पेशाले व्यापारी रहेका सुलेमान अल फहिम प्रिमियर लिगका क्रममा यता उता घुमिरहेका थिए, तब उनले बेलायती फुटबल क्लब ‘पोर्टसमाउथ’ किन्ने निर्णय गरे । यो सन् २००९ को कुरा हो र ‘पोर्टसमाउथ’ लाई इङल्याण्डको एक ऐतिहासिक क्लबको रुपमा हुने गर्दथ्यो । यद्यपि त्यसबेला पोर्टसमाउथ आर्थिक समस्यामा जुधिरहेको थियो । सुलेमान अल फहिमलाई क्लबको समस्या समाधान गर्नसक्ने विश्वास थियो । यसअघि सन् २००८ मा म्यान्चेस्टर सिटीलाई अबुधाबी युनाइटेड ग्रुपले खरिद गरेको थियो । यसमा सुलेमानको प्रमुख भूमिका थियो । तर सुलेमानको यो दुस्साहस केबल ६ सातामात्रै चल्यो । पोर्टसमाउथलाई किन्ने उनको कोशिसको नतिजा गम्भीर आयो । यो नतिजा यति हदसम्म गम्भीर थियो कि फुटबल क्लब पोर्टसमाउथ र सुलेमान अल फहिम १० वर्षपछि पनि यसबाट पार पाउन सकेका छैनन् । यसैवर्षको १५ फेब्रुअरीमा सुलेमानलाई एक अदालतले धोखाधडी, जाली दस्तावेज र ७ मिलियन डलर चोरीमा साथ दिएकोमा दोषी ठहर गरेको छ । सुलेमानले यो पैसा अरुको नभएर आफ्नै पत्नीको चोरेर फुटबल क्लबका सामग्री किनेका थिए । उनलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । सुलेमान की पत्नीलाई बैंक खाताबाट भइरहेको यो चोरीबाट तनाव उत्पन्न भएको थियो । दुबई क्रिमिनल कोर्टले बैंकका म्यानेजरलाई समेत ५ वर्षको जेल सजाय सुनाएको छ । जब सुलेमान अल फहिमले पोर्ट्समाउथ किनेका थिए, त्यसबेला उनले ८० मिलियन डलरभन्दा बढी रकम तिरेका थिए । त्यसबेला इङलिस फुटबलमा पोर्टसमाउथ प्रतिष्ठित फुटबल क्लबमा चिनिन्थ्यो । त्यसको केही समयअघि मात्रै सो क्लबले एसोसिएसन कप जितेको थियो । त्यतिमात्रै होइन उनको अधिनमा पोर्टसमाउथ आएपछि पहिलो पटक क्लब युरोपेली प्रतिस्पर्धाका लागि छानिएको थियो । तर पोर्टसमाउथ किनेको ४० दिनपछि उनलाई आर्थिक समस्या हल हुने जस्तो लागेन र धेरैजसो शेयर बेचे । चार वर्षपछि पोर्टसमाउथलाई दुई पटक डिफल्टर घोषित गरियो भने ७ पटक यसका मालिक फेरिए । क्लब किनेपछि उनले नयाँ रंगशाला, एकेडेमी र कर्मचारी राख्ने तथा सन् २०१५–२०१६ सम्ममा आफूसँग हुने र शीर्ष ८ क्लबमा सामेल भएको हेर्न चाहेका थिए । तर उनको यो सपना भने पूरा भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?