टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’, अनलिमिटेड कल

काठमाडौँ, ६ फागुन – प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक रु २५ मा खरिद गर्न सकिनेछ आजदेखि शुरु भएको फ्रिडम प्याक आगामी फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एकपटक खरिद गरेको सो प्याक चलाउने अवधि सकिएपछि अर्कोपटक फेरि प्याक खरिद गर्न सकिनेछ । एकपटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?