काठमाडौं । पछिल्लो समय अत्याधिक मन पराईएको टिकटकले रमाइलो र मनोरञ्जन मात्र दिलाएको छैन कतिपय बिछोड परिवारको पुनर्मिलन समेत गराएको छ । यस्तै एउटा घटना भारतमा पनि भएको छ ।
भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका श्रीमानलाई टिकटकमा फेला पारेकी छन्। टिकटकमा भेटेपछि दुईको पुनर्मिलन भएको बताइएको छ ।
श्रीमान हराएपछि धेरै खोजि गर्दा समेत फेला पार्न नसकेकी उनले टिकटकमा आफ्नो श्रीमानलाई फेला पारेकी भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनका श्रीमान सन् २०१६ मा भागेका थिए ।
पत्नीका एक नातेदारले ती पुरुषलाई टिकटक भिडियोमा तेस्रोलिङ्गीसँग देखेपछि प्रहरीले खोजी शुरु थालेको थियो ।
महिला बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा पुलिसले उक्त पुरुषलाई भेटाएका हुन् ।
जिल्लाको तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि भिडियोमा देखिएको तेस्रोलिङ्गी महिलाको पहिचान गर्न सहयोग पाएको पुलिसले बीबीसीलाई बताएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया