काठमाडौं । यही वि.सं. २०७७ असार ७ गते आइतवार खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले बताएका छन् । यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको छ । विहान १०ः५० बजेदेखि दिउसो १४ः२३ बजेसम्म लाग्ने यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनटको हुने संवद्ध स्रोतहरुले उल्लेख गरेका छन् ।
यसै सन्दर्भमा ज्योतिषी दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा यो ग्रहणको बारेमा एक भिडियो अपलोड गरेका छन् । सो युट्युबमार्फत बेलाबेलामा ज्योतिषीय इन्फर्मेशन दिने गरेका सुवेदीले यस पटक लाग्दै गरेको ग्रहण अन्य ग्रहण भन्दा फरक रहेको बताएका छन् ।
२०७६ पौष १० गते लागेको सूर्य ग्रहण विशेष असाधारण भएकै कारण विश्वले कोरोनाको महामारी खेप्न परेको उनको भनाई छ । पौषमा धेरै ग्रह ग्रस्त थिए भने यस पटक लाग्दै गरेको ग्रहणकालमा धेरै ग्रह बक्र छन् । यसै पनि कोरोनाको कारण विश्वभर आर्थिक मन्दि भइरहेको बेला बक्र ग्रहले त्यसलाई झन बढाउने खतरा हुने उनको भनाई छ ।
यो ग्रहण पछि कोरोनाको महामारी क्रमशः कम हुँदै जाने ज्यो. सुवेदीको भनाई रहेको छ ।
नेपाल, भारत, चीन, पाकिस्तान, भुटान, कंगो, इथिओपिया, युरोप, हिन्दमहासागर, प्रशान्तमहासागर, अफ्रिका लगायतका विश्वका धेरै मुलुकबाट देखिने यो ग्रहण मृर्गशिरा एवं आद्र्रा नक्षत्र र मिथुन राशिमा लाग्ने भएकोले मिथुन राशिका व्यक्तिलाई बढी असर कारक हुने सुवेदीको भनाइ छ ।
मेष राशिको लागि व्यक्तिगत रुपमा फाइदाजनक हुने, श्रीवृद्धि हुने, वृष राशिको लागि क्षतिकर हुने, लेनदेन आदि कारोबारमा सावधानी अप्नाउनु पर्ने । मिथुन राशिको लागि अल्लि बढी कष्टकर अथवा घातप्रद हुने, कर्कट राशिको लागि ग्रहणको फल व्ययकर अर्थात खर्चप्रद रहने, सिंह राशिको लागि भने यो ग्रहणको फल लाभकर हुने उनको भनाई छ ।
यसै गरी कन्या राशिको लागि सुखप्रद, मानप्रतिष्ठा, कामकार्यमा उन्नतिप्रगति हुने, तुला राशिको लागि मान नाश हुने, जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुने भनिएको छ । वृश्चिक राशिको लागि स्वास्थ्यमा कष्ट पर्न सक्ने, आहारविहार आदिमा ध्यान पुर्याउनु पर्ने बताइएको छ । धनु राशिको लागि श्रीमानश्रीमती तथा प्रेमि प्रेमिकाबीच द्वन्द पर्नसक्ने, व्यापार कारोबार र यात्रामा पनि ख्याल पुर्याउनु पर्नेछ । यसै गरी मकर राशिको लागि सुख एवं आरोग्यवर्धक रहने, कुम्भ राशिको लागि चिन्ता बढाउने संभावना, विद्यार्थीहरुले अध्ययनमा बढी प्रयत्न गर्नुपर्ने, मीन राशिको लागि यो ग्रहणको फल रोगव्याधिप्रद रहने र खानपान आदिमा ध्यान दिनुपर्ने सुवेदीको ज्योतिषीय विश्लेषण छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया