काठमाडौं । कोरोना भाइरसको प्रकोप सारा विश्व अहिले झनै बढ्दै गईरहेको छ । महामारीबाट लाखौँको ज्यान गईसकेको छ ।
यसको औषधि बनाउन सारा विश्वका डाक्टरहरु अहोरात्र खटिए पनि अहिलेसम्म उपलब्धि हात लाग्न सकेको छैन ।
हामीले बजारमा विभिन्न किसिमका मास्कहरु देखिरेहेका नै छौँ । कसैले त मास्कमा आफ्नो मुख नै प्रिन्ट गर्न थालेका छन् । तर अब एक कम्प्युटर प्रोग्रामरले सबैभन्दा फरक किसिमको मास्क डिजाइन गरेका छन् ।
यो मास्कमा एलइडी लाईट राखिएको छ । र यो हाम्रो आवाजको इसारमा काम गर्दछ । यो मास्क बनाउने व्यक्तिको नाम ओ टेलर ।
टेलरले यो मास्कको भिडियो ट्वीटरमा शेयर गरेका छन् । जसको क्याप्सनमा लेखिएको छ, मैले आफ्नो मास्क पुरा गरेको छु ।
अब एक सानो पकेटमा ब्याट्री राखेपछि हाँसेको पनि देख्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
— Tyler Glaiel (@TylerGlaiel) May 25, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया