काठमाडौं । कसैले आफ्नो अनुहार बदलेर हिँड्छ भन्ने कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर फ्रान्सका एक जना व्यक्तिले आफनो अनुहार तीन पटकसम्म बदलेका छन् । उक्त व्यक्तिको नाम जेरोम हेमन रहेको छ ।
उनले आफ्नो अनुहार दुईपटक प्रत्यारोपण गरिसकेका छन् । जसका कारण उनको अनुहार तीन पटक फेरबदल भएको हो।
तीन महिनासम्म उनले पेरिस अस्पतालमा बसेर आफ्नो अनुहार बदलेका छन्।
डाक्टरहरुका अनुसार उनी न्युरोफाइब्रोमेटोसिस टाइप वान नामक रोगबाट ग्रसित थिए । जसको कारणले गर्दा ट्युमर हुने सम्भावना हुन्छ ।
उनले पहिलो प्रत्यारोपण सन् २०१० मा गरेका थिए। र उनको पहिलो प्रत्यारोपण सफल पनि भयो । तर ज्वरो आउँदा उनलाई दिइएको एन्टिबायोटिकका कारण नकारात्मक असर पर्न गयो ।
सन् २०१६ बाट उनको अनुहार कुरुप हुन थाल्यो । र उनी डरलाग्दो बन्न पुगे । परेला र कानको छाला नै झर्यो । बोल्न र खान सकेनन्। जसका कारण यहीँ वर्ष उनको पुनः सर्जरी गर्नुपरेको हो । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया