सुशान्तको आत्महत्यापछिको बहस : आलियालाई १५ लाखले गरे अनफलो, सोनाक्षीले ट्वीटर ‘डिएक्टिभ’ गरीन्

काठमाडौं- सुशान्त सिंह राजपुत बलिउडमा व्याप्त रहेको परिवारवादको कारण डिप्रेशनको सिकार भएको र आत्महत्या रोज्नुपरेको भन्दै यतिबेला बलिउड तरंगित भएको छ ।

पारीवारिक साईनोका कारण सिने नगरीमा आउने र दुखले आफ्नो मिहिनेतले कला तिखारेर स्थापित भएकाहरुलाई होच्याउने गरेको भन्दै यतिबेला नेपोटिजमको विषयमा बहस भईरहेको हो ।

परिवारवादको मुद्दा यसरी चर्किएको छ कि, लोकप्रिय नायक सुशान्त सिंह राजपुतको निधनपश्चात दर्शकहरुले बलिउडकर्मीका सन्तानलाई निशाना बनाएका छन् । या बहसले धेरैलाई तनाव दिएको छ भने यसको असर समेत देखिन थालेको छ ।

Sushant Singh Rajput's death: Alia Bhatt loses whopping 10 lakh ...

नायिका आलिया भट्टलाई सामाजिक संजाल इन्स्टाग्राममा अनफलो गर्ने लहर नै चलेको छ ।

DELHI PRABHAS FANS®'s tweet - "Wow Well Done 48.8 M To 48.1 M ...

उनलाई इन्स्टाग्राममा अनफलो गर्नेको संख्या १५ लाख पुगेको छ । उनलाई करिब ५ करोडले फलो गरेकामा करिब १५ लाखले अनफलो गरीदिएका छन् ।

Nepotism charge: Alia Bhatt, Karan Johar lose 7 lakh followers in ...

केहि कलाकारले आफ्नाविरुद्ध सामाजिक संजालमा ट्रोल बनाउन थालेपछि एकाउन्ड डिएक्टिभ गर्न थालेका छन् । यसैबीच नायिका सोनाक्षी सिन्हाले आफ्नो ट्विटर एकाउन्ट डिएक्टिभ गर्दै लेखेकी छिन् –‘बस्तीमा आगो लाग्दैछ, म आफ्नै मस्तीमा छु ।’

उनले आफूसँग अन्य सञ्जाल नभएका कारण नेगेटिभिटीबाट टाढा रहन आवश्यक रहेको बताउँदै यस्तो लेखेकी हुन् ।

भारतीय सञ्चारमाध्यमको सहयोगमा 

सुशान्तको आत्महत्याको खबरपछि उनको भाउजुले प्राण त्यागेकी थिईन् भने उनका ५ जना फ्यानले आत्महत्या गरिसकेका छन् ।

अभिनेता सुशान्त सिंह राजपुतका डाक्टरले गरे खुलासा ! 

१४ जूनमा आफ्नो घर बान्द्रमा पासो लगाएर आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतको विषयमा डाक्टरले केहि खुलासा गरेका छन् ।

यसको कारण पत्ता लगाउन अहिले पनि पुलिस अनुसन्धानमा खटिएको छ ।

डिप्रेशनको शिकार भएका अभिनेता राजपुतले आफ्नो उपचार मनोचिकित्सक डा. केरसी चावलासँग गराईरहेका थिए । साईक्यास्ट्रिकबाट पुलिसले सोधपुछ गरेपछि उनले चार रहस्य बताएका छन् ।

१. अभिनेता सुशान्त अंकिता लोखण्डेसँग छुट्टिएकोमा दुखी थिए । अंकिता र सुशान्तले पवित्र रिस्तानामक टिभी सिरियलमा सँगै काम गरेका थिए ।

उनीहरु त्यहि साथी बने र प्रेम गर्न थाले । ६ वर्ष पछि उनीहरुको ब्रेकअप भयो । ब्रेकअप पछि सुशान्त शुरुमा ठिक थिए तर बिस्तारै उनी उनी अंकितालाई सम्झन थाले ।

२.सुशान्त बितेको वर्षदिन यता डिप्रेसनमा थिए । र उनलार्इै राती निन्द्र लाग्दैन थियो, राती उनी अनौठो कुराहरु सोच्ने गर्दथे ।

३. डाक्टरका अनुसार उनी कृति सेननसँग पनि प्रेम गर्न थाले, तर यो रिलेसन धेरै समय टिकेन । उनीहरु दुबैले फिल्म राब्तामा अभिनय गरेका थिए । उक्त फिल्म पनि फ्ल्प भयो र प्रेम पनि ।

४. उनी एक स्टार किडसँग पनि प्रेम गर्न थालेका थिए । तर स्टार किडकी आमालाई सुशान्त मन परेन र सम्बन्ध सकियो ।

अभिनेता सुशान्तले आत्महत्या गर्नुभन्दा आधा घण्टा अघि गरेका तीन ‘ट्वीट्स’

सुशान्तको मृत्युले अहिले सारा बलिउड शोकमा डुबेको छ ।

 

यसैबीच सोसल मिडियामा सुशान्तले आत्महत्या गर्नुभन्दा आधा घण्टा अगाडि गरेका ट्वीटहरु भाइरल बनिरहेका छन् ।

सुशान्तका फ्यान्सहरुदे फिल्म छिछोरे स्टार सुशान्तले यी ट्वीट्स आत्महत्या गर्नुभन्दा केहि समय अगाडि मात्र गरेको बताएका छन् ।

फ्यान्सहरुले जस्ट्स फर सुशान्त सिंह राजपुत ह्याजट्यागमा ट्वीट गरेर सुशान्तको न्यायको माग गरेका छन् । तर कतिपयले भने यो ट्वीट फेक भएको पनि बताईरहेका छन् ।

पहिलो ट्वीटमा लेखिएको छ, ‘हामी पुरुषको हाम्रो स्वास्थ्य, हाम्रो मानसिक स्थिती, हाम्रो विचार, हाम्रो जिन्दगीको बारेमा सोधिदैन । हामीलाई त्यसप्रकारको ट्रीट गरिदैन् । म यी सबै कुराबाट धेरै थाकेको छु, तपाईहरुको साथमा लामो समय व्यतित गरेँ, मलाई थाहा छैन कि, म यो ट्वीट किन गरिरहेको छु ।’

View image on Twitter

त्यस्तै दोश्रो ट्वीटमा लेखिएको छ, ‘म आफ्नो जिन्दगीको असहज परिस्थितीसँग लडिसकेको छु, र केहि समयपछि यो ट्वीट्स डिलिट गर्नेछु, किनभने तपाईलाई थाहा होस् कि, यस मिडियोकर सक्सेससँग विरक्त लागिसकेको छ, मलाई फेम चाहिँदैन, यो धेरै आरमदायी हुन्छ होला, तर यसलाई झेल्नु धरै डिस्टर्बिंग छ ।’

View image on TwitterView image on Twitter
त्यस्तै तेश्रो ट्वीट्समा उनले लेखेका छन्, ‘म यो सबै खत्तम गरिरहेको छु, एक राम्रो अन्त्यको लागि । टाढा गईरहेको छु, तर तपाईहरुको नजिक रहनको लागि । हुन सक्छ कि, यो पछि मानिसहरु एकअर्कामा कुराकानी गर्न शुरु गर्छन् । आफ्नो विचारहरु आफू भित्र राख्न बन्द गरुन् । संसारको अर्काे तिर फेरी भेटौँला, गुड बाई ।’

View image on Twitter

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?