काठमाडौं । चीनमा एक युवा दम्पतीले आफ्नो ड्रग्सको पैसा तिर्नका लागि आफ्नो नवजात शिशुलाई अनलाईनबाटै बिक्री गरेका छन् ।
पैसा तिर्नको लागि उनीहरुले बच्चा जन्मिएलगत्तै अनलाइनबाट बिक्री गरेको बताएको छ । उनीहरुले बच्चा जन्माउन सक्षम नभएका एक जोडीलाई बच्चा बेचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्इमहरुले बताएका छन् ।
उक्त दम्पतीले बच्चा ७ हजार पाउण्डमा बेचेको बताइएको छ ।
उनीहरुले बच्चा बेचेर पाएको रकमले ड्रग्सको पैसा तिर्नका साथै विभिन्न किसिमका मोवाइल फोन किनेको बताइएको छ ।
उक्त दम्पतीमाथि विभिन्न केसहरु दर्ता भएको बताइएको छ । उक्त घटना पछि उनीहरुलाई पुलिसले एक होटलमा बसीरहेको अवस्था गिरफ्तार गरेको छ ।
पुलिसका अनुसार यो घटना दक्षिण पश्चिमी चिनियाँ शहर नेइजियांगमा बस्ने दम्पती रहेको बताइएको छ । उनीहरुलाई कपाल तस्करी गरेको आरोपमा पक्राउ गरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया