दमास्कस, ८ फागुन । सिरियाली सरकारी फौजले राजधानी दमास्कसको बाहिरी भागमा रहेको पूर्वी गुटामा गरेको आक्रमणमा ७७ जना मारिएका छन् मारिएकामध्ये २० जना बालबालिका रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ बमबारी रोक्न आग्रह गर्दै राष्ट्रसंघका एक जना अधिकारीले त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया दिएका छन् । गुटा राजधानी दमास्कसनजिकै विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र हो सिरियाली सेनाले सो क्षेत्रलाई पुनः नियन्त्रणमा लिनका लागि सिरियाली फौजले आक्रमण गरेको राइट्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया