सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको छ ।

मंगलवार प्रतितोला छापावाल सुनको मूल्य ९० हजार ६ सय रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यसैगरी बुधबार तेजावी सुन तोलामा ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी बुधबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?