काठमाडौं । कोरोना भाइरसका कारण अहिले स्कूल, कलेज, फिल्म घर आदि बन्द गरिएका छन् ।
स्कूलले लकडाउनको समय लामो भएसँगै कोरोनाबाट बच्दै अनलाइन मार्फत विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न थालेको छ । तर सबैसँग इन्टरनेटको त कुरै छोडौँ स्मार्टफोन समेत छैन , जसका कारण विश्द्यार्थीहरुलाई अनलाइन अध्ययन गर्न असहज भएको छ । यस्तै एउटा घटना भारतको झारखण्डमा पनि देखिएको छ ।
झारखण्डको दुमका जिल्लामा अनलाइन क्लास गर्नको लागि लाउड स्पिकरको प्रयोग गर्नुपरेको छ ।
उनीहरुको आर्थिक स्थिती कम हुँदा उनीहरुसँग स्मार्ट फोन नभएपछि लाउड स्पिकरबाट अध्ययन गराइएको हो ।
कुल २४६ जना विद्यार्थी रहेको उक्त कक्षामा ४२ जनामा स्मार्ट फोन नभएपछि यो उपाय अपनाइएको हो । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया