गुण्डा नाइके मनोज पुन मारिए

बुटबल, ९ फागुन– प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले मारिएका छन् । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँग भएको मुडभेडमा उनीहरु मारिएका हुन् । प्रहरीसँगको मुठभेडमा घाइते भएका दुबैको लुम्बीनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी प्रमुख श्यमलाल ज्ञवालीका अनुसार मनोज पुन र उनको समुहले देवदहमा अपराधीक घटना गर्दै छ भन्ने सुचनाका आधारमा त्यस क्षेत्रमा सर्च गर्न पुगेको केन्द्रिय अनुसन्धान ब्युरोको बिशेष टोली माथी गोली प्रहार गरेपछि जवाफी कारवाहीमा २ जनालाई गोली लागेको र उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको थियो युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न पुन संलग्न रहेको बताइँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?