काठमाडौं, ९ फागुन । प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुनसहित दुई जना मारिएका छन् । रुपन्देहीको देवदहमा प्रहरीले गरेको इन्काउन्टरमा पुनसँगै उनका सहयोगी सोम आले मारिएका हुन् मनोज पुन नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि केही दिनदेखि उनीहरुको खोजी अभियान तिब्र बनाएको थियो पुनको खोजीमा रहेको प्रहरीसँग देवदह नगरपालिका ४ भवानीपुरमा जम्काभेट भएको थियो प्रहरीसँगको भेटपछि उनलाई पक्राउ गर्ने कोशिस गरिएपनि प्रहरीलाई नै आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा उनीहरु मारिएको प्रहरीले जनाएका छन् घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको उपचारमा क्रममा बुधबार बिहान मृत्यु भएको हो कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए यस्तै केही महिनाअघि निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि पुन समूहकै संलग्नता रहेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया