राइफलमा प्रयोग गरिने उपकरणमाथि प्रतिबन्ध लगाइने

वासिंगटन, ९ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राइफलबाट स्वचालित रूपमा धेरै गोली प्रहार गर्न प्रयोग गरिने सबै उपकरणमाथि प्रतिबन्ध लगाउने नियम चाँडै ल्याइन सक्ने बताएका छन् राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै उनले कानून मन्त्रालयललाई त्यसबारे कानून बनाउन निर्देशन दिइसकेको जानकारी समेत दिए ‘बम्प स्टक्स’ नामक सो उपकरण गत अक्टोबरमा ५८ जना मारिने गरी लास भेगसमा भएका गोलीकाण्डका बन्दुकधारीले प्रयोग गरेका थिए सो प्रतिबन्धलाई बन्दुकको स्वामित्व नियन्त्रणका दिशामा ट्रम्पले ल्याएको पहिलो ठोस नीतिगत प्रस्तावका रूपमा हेरिएको छ । बम्प स्टक्स नामक उपकरणको प्रयोग गरेपछि अर्ध स्वचालित राइफलबाट समेत मेसिन गनकै रफ्तारमा गोली चलाउन सकिन्छ आपराधिक पृष्ठभूमिको समेत जाँच नगरी सो उपकरण करिव १ सय डलरमा खरिद गर्न सकिन्छ गत बुधबार फ्लोरिडाको एउटा विद्यालयमा गोली प्रहार गरी १७ जनाको हत्या गरेपछि पुनः बन्दुक नियन्त्रणको बहस सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?