६० हजारको स्कूटीमा १८ लाखको नम्बर प्लेट

काठमाडौं । संसारमा हरेक कसैको पनि आफ्नो शोक हुन्छ । आफ्नो शोकको लागि मानिसहरु के गर्दैनन् ।

यस्तै एक हुन् हिमाञ्चल प्रदेशको कांगडाको एक निजी कम्पनीका राहुल पम प्राईभेट लिमिटेडका मालिक ।

उनले भारतीय ६० हजार रुपैयाँको स्कूटर किनेर त्यसमा भिआईपी रजिस्टे्रशन नम्बर लगाएका छन् ।

उक्त नम्बर प्लेटको मूल्य नै १८ लाख रुपैयाँ पदर्छ । यो खबर सुनेर सबै हैरान भएका छन् ।

आखिर ६० हजार रुपैयाँको स्कूटरको नम्बर प्लेटका लागि उनले किन यति धेरै खर्च गरे भन्ने बारेमा सबै हैरान भएका हुन् ।

उनले भीआईपी नम्बर प्लेटको बोली लगाउँदै गर्दा नम्बर प्लेटको मूल्य यति धेरै पुगेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?