पाप गरे मिल्छन् यस्ता सजाय !

काठमाडौं । मानिसले जीवनमा धेरै कर्म गरेको हुन्छ र कर्मको आधारमा नै बाँचेको हुन्छ ।

जीवनमा गरिने कर्मले नै मानिसलाई सुखी हुने,दुःखी हुने र सफल हुने कुराको निर्धारण गरेको हुन्छ ।

कुनै मानिसले जानीजानी गलत वा पाप कर्म गरेको हुन्छ भने कुनै मानिसले नजानेर पनि पाप कर्म गरिरहेका हुन्छन् । गरुड पुराणमा निम्न लिखित काम गर्ने व्याक्ति अनिवार्यरुपमा नर्क जाने कुराको वर्णन गरिएको छ ।

१. नवजात शिशुको हत्या गर्ने

शिशु हत्यालाई महापाप भनिएको छ । यस्ता मानिसलाई नर्कमा समेत कठोर सजाय मिल्ने कुरा बताईएको छ ।

२. स्त्रीको अस्मितासँग खेल्ने

महिलाका लागि उनको अस्मिता सबैभन्दा ठूलो कुरा हो । कुनै पुरुषले महिलाको अनुमति बिना अस्मितामाथि खेलवाड गर्छ भने उक्त पुरुष नरकगामी हुन्छ । त्यसैगरी गर्भवति महिलाको हत्या गर्नु पनि महापाप रहेको गरुण पुराणमा उल्लेख छ ।

३. विश्वास घात

आफूलाई हरतरहले विश्वास गर्ने व्याक्तिलाई विश्वासघात गर्ने व्यक्तिलाई पनि नरकमा कठोर सजाय मिल्ने पुराणमा उल्लेख गरिएको छ । असल मान्छेलाई धोका दिने र अपशब्द बोल्ने पनि नर्क जान्छन् ।

४. पूजा स्थल वा भगवानको अपमान

कुनै पनि पूजा भैरहेको स्थानलाई वा भगवानलाई अपमान गर्नेलाई पनि नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ । धर्मसँग सम्बन्धित काम भैरहेको स्थललाई अपमान कहिलै गर्नु हुँदैन ।

५. आवश्यक पर्दा सहयोग नगर्ने

गरिव वा अपाङ्गहरुलाई आवश्यक सहयोग नगर्ने र उपेक्षा गर्नेहरु नरकमा पर्छन् । यस्ता व्यक्तिलाई पनि नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ ।

६. घरमा आएका पाहुनालाई अपमान गर्ने

अतिथि देवो भवः घर आएका पाहुनाको अपमान गर्ने वा कुनै खानेकुरा नदिइ पठाउनेको पनि नर्कको बास हुन्छ । गरुण पुराण भन्छ घर आएकाहरुलाई त्यसै फर्काउनु हुँदैन ।

७. अरुको खुशी भङ्ग गर्ने

आफ्नो खुशीको लागि अरुको खुशी भंग गर्ने पनि घोर नरकमा पर्ने पुराणमा उल्लेख छ । अरुको खुशी खोस्नेले नरकमा कठोर सजाय पाउँछन् ।

८. जनवार माथि हिंसा गर्ने

विभिन्न बाहानमा आफ्नो सन्तुष्टिका लागि जनावरमाथि हिंसा गर्ने र बलि दिने र पशुलाई विनाकारण दुख दिने पनि नर्कमा पुग्ने पुराणमा उल्लेख छ ।

९. प्रकृतिलाई नोक्शानी गर्ने

रुख विरुवा काट्ने र जंगल वा जल विनाश गर्नेहरु पनि नर्क पुग्ने गरुण पुराणमा उल्लेख छ ।

१०. परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्ने ।

पर पुरुषसँग सम्बन्ध राखेर आफ्ना पतिलाई हेला गर्ने र दुःख दिने वा परस्त्रीसँग सम्बन्ध राखेर आफ्नो श्रीमतीलाई धोका दिने पुरुष र स्त्री पनि नरकमा पर्छन् ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?