काठमाडौं । नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । नुहाउँदा शरीर सफा हुनुका साथै हामीलाई फोहोरका कारण लाग्ने रोगबाट पनि मुक्ति मिल्छ ।
हामी सातामा न्यूनतम एक पटक नुहाउँछौ । कति जना दुई दिन बिराएर पनि नुहाउँछन् ।
कतिपय चाहि दिनहुँ नै नुहाउँछन् । तराई क्षेत्रमा त दिनमै दुई पटक नुहाउने पनि हुन्छन् ।
हामीले बुझ्दै र सुन्दै आएको कुरा हो, नुहाउनु स्वास्थ्यको लागि राम्रो हो । तर दिनदिनै नुहाउँदा शरीरलाई राम्रो नगर्ने चिकित्सकहरु बताउँछन् । विशेषज्ञहरुको अनुसार दिनदिनै नुहाउनु भनेको छालाको सौन्दर्य नष्ट गर्नु हो ।
छालामा असर पुग्ने
विशेषज्ञहरुका अनुसार दिन दिनै नुहाउँदा छाला रुखो हुन्छ र यसको प्राकृतिक नरमपन नष्ट हुन्छ । किनभने हाम्रो छालालले एक प्रकारको राम्रो व्याक्टेरिया उत्पादन गरिरहेको हुन्छ । यो ब्याक्टेरियाको रसायनिक उत्पादनले निकाल्ने टक्सिनबाट छालालाई बचाउँछ । तर, हामी दिनदिनै नुहाउँदा त्यो ब्याक्टेरिया नष्ट हुन्छ । यसले गर्दा छालाको सुरक्षा कवच बिस्तारै कमजोर बन्दै जान्छ ।
जाडोमा तातो पानीले नुहाउनु हुन्छ ?
जाडो याममा नुहाउनका लागि तातो पानी प्रयोग गरिन्छ । यसले छालाको सौन्दर्यमा असर पुर्याउँछ ।
साथै छालाको प्राकृतिक तेललाई पनि नोक्सान गर्छ । यदि दिनहुँ नुहाउने गरेको छ भने, ड्राइ सावुन एवं स्याम्पुको प्रयोग गर्नैपर्छ ।
आवश्यक छैन दिनहुँ नुहाउन
विशेषज्ञहरुका अनुसार हाम्रो छाला सफा गर्नका लागि शरीरमा यस्तो प्रभावकारी तत्व हुन्छ, त्यसले स्वतस् छाला सफा गरिरहेको हुन्छ ।
त्यसैले निस्क्रिय वस्नेहरुले दिनहुँ नुहाउन आवश्यक छैन । यदि जिम गएर वा कुनै शारीरिक श्रम गरेर शरीरमा पसिना वगाउँने हो भने चाहि नुहाउनै पर्छ ।
जाडोमा तातो पानीले नुहाउँदा नङ टुक्रिने, चोइटिने हुन्छ । यसले पानी सोस्छ, फलस्वरुप प्राकृतिक तेल र चमक नष्ट हुन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया