विश्व बैंकद्वारा नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशकको नियुक्ति

काठमाडौं । नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकको नयाँ राष्ट्रिय निर्देशकमा फारिस हदाद जर्भोस आज (असार १७ गत)ेबाट नियुक्त भएका छन् ।

उनले काठमाडौं उप-क्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्नेछन् ।

हदाद जर्भोस भन्दा पहिले यी तीन देशका राष्ट्रिय निर्देशक रहेकी आइडा जी.पस्वराई रिद्धीहोले विश्व बैंकमै अर्को नयाँ कार्यभार आजैका मिति देखि ग्रहण गर्दै गर्दैछिन् । यस नियुक्ती अघि हदाद जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक रहेका थिए । संयुक्त राज्य अमेरिकाका नागरिक हदाद जर्भोस सन् १९९६ (वि सं २०५२) देखि विश्व बैंकसँग आबद्ध रहेका थिए भने यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेका छन् ।

साथै उनले यसअघि खाडी सहकार्य राष्ट्रहरू (गल्फ कोअप्रेसन कन्ट्रिहरु) मा प्राविधिक सहकार्य प्रबन्धकका रूपमा, ईराकमा मिसन प्रमुखका रूपमा र वेष्ट बैंक र गाजा क्षेत्रमा सन्चालन प्रबन्धकका रूपमा काम गरिसकेका छन् ।

कोभिड(१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालिन असरहरूको सम्बोधन गर्न तीन वटै देशहरूले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको वर्तमान परिप्रेक्ष्यमा उनको नियुक्ति भएको बताइएको छ ।

“देशहरूले कोभिड-१९ संकटका विरूद्ध जुध्दै गर्दा जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुघार र पुनर्स्थापना गर्नु सबैभन्दा महत्वपूर्ण छ,” नवनियुक्त निर्देशन जर्भोसले भने, “विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रमहरू मार्फत कोभिड(१९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरहरूलाई कम गर्नु, र रोजगारीका अवसरहरूको सिर्जना गर्दै समावेशी र दीगो विकासको सुनिश्चितता गर्नु मेरो पहिलो प्राथमिकता रहनेछ । यसका लगि म तिनै राष्ट्रका सरकारहरू, विकासका साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक छु।”

विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारहरूलाई कुल ३५ करोड डलर भन्दा बढिको कोभिड-१९ आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सहयोग गरिरहेको छ जसले यी राष्ट्रहरूमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाइ सुदृढ गर्न मद्दत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?