साथीले मेथीको साग भनेर दिए गाँजा, तरकारी बनाएर खाँदा भयो यस्तो !

काठमाडौं । कहिलेकाँही कोहि व्यक्तिहरू हाँस्दै ठट्टाका नाममा रमाइलो गर्छन् ।

कतिपयमा त्यही कारण नै ठूलो समस्या बनिदिन्छ । यस्तै एउटा घटना भारतको उत्तर प्रदेशमा भएको छ ।

त्यहाँ एकै परिवारका ६ सदस्य हाँसी मजाकले नै अस्पतालमा भर्ना भएका छन् ।

उक्त परिवारलाई एक व्यक्तिले हाँसी मजाक गर्दै गाँजा एक भाँडोमा हालेर दिएका थिए । तर उनले उनीहरुलाई मेथी साग भनेर गफ लगाएका थिए । घटनाले नयाँ मोड लिएपछि उक्त व्यक्तिलाई अहिले प्रहरीले समातेको छ ।

यो घटना उत्तर प्रदेशको कन्नौज जिल्लाको सदर कोतवाली क्षेत्रको मियागंज गाउँको हो । सोही गाउँका नवल किशोर नामका व्यक्तिले गाउँमा बस्ने ओमप्रकाश नाम गरेका व्यक्तिका छोरा नीतेशलाई एक बट्टामा मेथीको साग भनेर गाँजा दिए।

घर पुगेर उनले भाउजुलाई उक्त साग दिए । त्यसपछि बेलुका सासुले सम्पूर्ण परिवारको लागि तरकारी बनाइन् ।

तरकारीहरू खाएपछि सबैको स्वास्थ्य बिग्रन थालेको र उनीहरु सबै अस्पताल भर्ना भएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?