झुक्किएर बैंकले अरुकै खातामा २० हजार डलर जम्मा गरेपछि…

काठमाडौं । हरेक दिन नै हामी केहि न केहि अचम्मका खबरहरु सुन्दै र पढ्दै आएका छौँ । यस्तै एउटा अचम्मको घटना अमेरिकामा पनि भएको छ । अमेरिकामा एक दम्पतीको बैंक खातामा झुक्किएर एक लाख डलर जम्मा भयो ।

३१ मेका दिनमा बीबी एन्ड टी बैंकले स्थानीय लगानी फर्मलाई पठाउन लागिएको रकम भुलले विलीअम्ज दमपतिको बैंक अकाउन्टमा जम्मा भएको पेन्सल्भेनिअका एक अधिकारीले जानकारी दिएका छन् ।

एक हजार डलर मात्र भएको रोबर्ट र टिफनी विलीअम्जको खातामा त्रुटिवश एक लाख २० हजार डलर जम्मा भएको र उनीहरूले अधिकांश रकम खर्च गरेको प्रहरीले बताएका हुन् ।

बैंकले गरेको त्रुटि २० जुनमा पत्ता लागेपछि अनुसन्धान गर्दा त्यो बेलासम्म खाताबाट झन्डै एक लाख सात हजार डलर निकालिसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

त्रुटि भएको पत्ता लागेपछि बैंकले सम्पर्क गर्दा टिफनीले आफूसँग पैसा बाँकी नभएको र सबै खर्च भइसकेको बताएकी थिइन् ।

प्रहरीका अनुसार खातामा ठूलो रकम आएको देखेपछि विलीअम्ज दम्पतीले महँगो गाडी र घरका विभिन्न सामग्री खरिद गरेका थिए ।

साथै, उनीहरूले सो रकम आफ्नो नभएको थाहा भएको स्वीकारेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?