पिशाब रोकेकै कारण फुट्यो पिशाब थैली, परयो तीन वटा प्वाल

काठमाडौं । चीनमा एक व्यक्तिले १८ घण्टासम्म पिसाब रोक्दा पिसाबको थैली नैफुटेको छ ।

४० वर्षीय एक व्यक्तिले एकै रात १० बोतल बियर पिएर शौचालय प्रयोग नगरी गहिरो निन्द्रा लिएका थिए ।

जसका कारण हूको मूत्राशय तीन भागमा फुटेको हो । यो घटना देखेर चिकित्सकहरू नै चकित भएका छन् ।

उनले पूर्वी चिनियाँ प्रान्त झेजियांगको शाओसिङको झुजी पीपुल्स अस्पतालमा उपचार गराउन गएपछि उक्त घटनाको खुलासा भएको थियो ।

१० बोतल बियर पिएर शौचालय प्रयोग नगरेका ति व्यक्तिलाई भोलिपल्ट साँझ पेटको दुखाइले ब्युँझाएपछि स्थानीय अस्पताल पुर्याइएको थियो ।

अत्यधिक दुखाइ र पेटको मांसपेशीको कारण सिधा पल्टिन नसक्ने र पिसाब फेर्ने धेरै प्रयास गरेपनि ति व्यक्ति असफल रहेको डाक्टरहरूले पत्ता लगाएका छन् ।

उनको सीटी स्क्यानको रिपोर्टमा मूत्राशयमा तीन प्वालहरू भएको देखिएको डाक्टरहरुले बताएका छन् । एउटा प्वाल उनको पेटसम्म पुगेको हुँदा आन्द्राको केही भाग मूत्राशयभित्र पस्न गएको पनि बताइएको डेलिमेलले समाचारमा लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?