यी आठ गल्तीले कपाललाई गर्छ हानी !

काठमाडौं । कपालको राम्रो रेखदेख भएन भने कपाल झर्ने, रुखो हुने, चायाँ आउनेजस्ता समस्या देखापर्दछन् । कहिलेकाँही त यो समस्या यति धेरै बढ्छ, चिकित्सकीय उपचार नै अपनाउनुपर्ने हुन्छ ।
आज हामी तपाईलाई कपाल जोगाउन गर्न नहुने ५ कुराको बारेमा जानकारी दिनेछौँ ।

१. कपाललाई कसिलो तरिकाले बाँध्नु

कपाललाई कसिलो गरी बाँध्नाले कपालमा एकदमै नराम्रो असर पर्दछ । त्यसैले गर्दा कपाल राम्रो तरिकाले बढ्न पाउँदैन । यसको नतिजा कपाल झर्न सक्छ ।

२. गलत डाइट लिनु

कपालको वृद्धिका लागि भिटामिन, मिनरल्स र प्रोटिन जरुरी हुन्छ । तर, जंकफुड बढी खानाले हामीलाई पर्याप्त पोषण मिल्दैन । यसले पनि कपाल रुखो हुने सम्भावना रहन्छ ।

३. हेयर स्टाइलिङ मेसिनको प्रयोग

हेयर ड्राई र हेयर कलरिङ मेसिन दिनहुँ प्रयोग गर्दा पनि कपाललाई नोक्शानन पुर्याउँछ । यसले गर्दा कपाल झर्ने समस्या देखापर्छ ।

४. हाइजिन नहुनु

महिलाले हप्तामा दुई पटक र पुरुषले तीन पटक श्याम्पुको प्रयोग गर्नुपर्छ । कपालमा फोहोर जम्मा भएपछि चायाको समस्या हुन्छ ।

५. चिसो कपालमा काइँयो

नुहाउनसाथ कपालको जरा कोमल हुन्छ । यस्तो अवस्थामा नुहाउनसाथ तत्काल कपाल कोर्दा कपाल टुक्रिने समस्या हुन्छ । कपालमा हाँगा आउने समस्या पनि हुन सक्दछ

६. धेरै तेल लगाउनु

कपालमा आवश्यकताभन्दा बढी तेल लगाउनु पनि हानिकारक मानिने गर्दछ । यसले छालको छिद्र बन्द हुन्छ, जसले कपालमा नराम्रो असर पुग्छ ।

७.तातो पानीले नुहाउनु

धेरैजसो जाडो मौसममा तातो पानीले कपाल नुहाइन्छ । तर, यसले कपालको सौन्दर्यमा असर पुर्याउँछ । मनतातो पानीले नुहाउनु सामन्य मानिएपनि तातो पानीको प्रयोग धेरै गर्न हुँदैन। यसले कपालको प्राकृतिक तेल नष्ट गर्दछ ।

८. रसायनको प्रयोग

हेयर स्टाइल बनाउनका लागि प्रयोग गरिने स्प्रेमा रसायन हुन्छ । यसको बढी प्रयोगले कपाल झर्ने समस्या हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?