वासिंगटन, १० फागुन । अमेरिकाकी एक रेडियो कार्यक्रम प्रस्तोताले प्रत्यक्ष कार्यक्रम चलाउँदा चलाउँदै बच्चालाई जन्म दिएकी छन् अमेरिकाको सेन्ट लुईसको ‘द आर्क स्टेशन’ की प्रस्तोताको यो कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो उनको प्रसव पीडा सुरु भएपछि रेडियो स्नेशनले अस्पतालबाट पनि प्रत्यक्ष प्रसारण गरेको थियो । बीबीसीसँग कुराकानी गर्दै प्रस्तोता प्राक्टरले यो आफ्ना लागि शानदार अनुभव भएको बताइन् बच्चाको डेलिभरीका लागि दिएको समयभन्दा पहिले नै प्रसव पीडा भएका कारण उनले अचानक शोको तयारी गर्नुपरेको थियो प्राक्टरले भनिन्, ‘आफ्नो जीवनको यति महत्वपूर्ण क्षण स्रोतासँग बाँड्न पाउनु शानदार थियो, यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव थियो ।’प्राक्टरले आफ्नो बच्चालाई प्रत्यक्ष प्रशारणका क्रममा नै जन्म दिनु आफूले दैनिक गर्ने कामको विस्तार भएको र यो समय आफ्ना श्रोतासँग बाँड्न पाउनु खुसीको कुरा भएको बताइन् प्राक्टरका बच्चाको नाम जोमसन राखिएको छ । यो नाम पनि प्रत्यक्ष प्रसारणमा श्रोताहरुले नै राखिदिएका हुन् । बच्चाको नाम राख्ने विषयमा बच्चा जन्मनुअघि नै भोटिङ सुरु भएको थियो कार्यक्रमका निर्देशक स्कट रडीले दम्पत्तिले छानेका १२ नाममा भोटिङ सुरु गरिएको र बच्चा जन्मिएसम्म जारी राखिएको बताएका छन् । प्राक्टर भने बच्चा जन्मिएपछि आफ्नो कार्यक्रमभन्दा टाढा सुत्केरी विदामा बसेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया