कक्षाकोठामा शिक्षकलाई बन्दुक !

वासिंगटन, १० फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विद्यालय वरपर बन्दुकमाथि प्रतिबन्ध लगाउने र शिक्षकहरूलाई हतियार राख्न दिने पक्षमा उभिएका छन् अमेरिकाको फ्लोरिडामा एक साताअघि एउटा विद्यालयमा सोही विद्यालयकै पूर्वविद्यार्थीले गोली हानेर १७ जनाको हत्या गरेपछि बन्दुक नियन्त्रण गर्न आवाज उठिरहेका बेला ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्प शिक्षकलाई बन्दुक राख्न दिने पक्षमा देखिएका हुन् गत साता फ्लोरिडास्थित एक विद्यालयमा भएको गोली प्रहारको घटनामा बाँच्न सफल भएकाहरूले त्यस्तो घटना फेरि नहुने पक्का गर्न गरेको प्रस्तावमाथि ट्रम्पले प्रतिबद्धता जनाएका छन् बन्दुक किन्नेहरूको पृष्ठभूमि जाँच गर्न गरिएको प्रस्तावलाई पनि ट्रम्पले समर्थन गरेका छन् । कार्यक्रममा विद्यार्थीहरूले ट्रम्प समक्ष आफूहरूले विद्यालयमा सुरक्षित महसुस गर्न चाहेको बताएका थिए गोलीकाण्डमा मारिएका एक विद्यार्थीका बाबुले राजनीतिज्ञहरूलाई बन्दुक नियन्त्रणबारे कुनै पहल नगरेको आरोप लगाउँदै विद्यार्थी र समुदायलाई जोगाउन कानुनको आवश्यकता औंल्याए ट्रम्पले बन्दुक किन्न आउनेहरूको मानसिक स्वास्थ्यबारे ख्याल गर्ने विषयमा पनि जोड दिने बताएका छन् । ट्रम्पले विद्यार्थी, उनीहरूका परिवारका सदस्य र शिक्षक गरी ४० भन्दा बढीको परिवर्तनका लागि गरिएको याचना सुनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?