सेञ्चुरीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १० फागुन । सेञ्चुरी कमर्सियल बैंकको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज विहीबार अन्तिम दिन रहेको छ । बैंकले शुक्रबारदेखि बुकक्लोज गर्ने भएकाले विहीबारसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव माघ १८ गते सम्पन्न बैंक सञ्चालक समितिको २५४ औं बैठकले गरेको थियो । सो बोनस पारित गर्न बैंकले फागुन ३० गते ७ औ वार्षिक साधारणसभा बोलाएको छ बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स प्राप्तीपछि कायम चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँको पाँच प्रतिशत अर्थात ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँको बोनस सेयर वितरण गर्नेछ सो बोनस वितरण गर्न सेञ्चुरीको नाफाबाट ३१ करोड ३५ लाख ५४ हजार ३ सय २७, अल्पाईनबाट ५ करोड ९८ लाख ३१ हजार ५ सय ६५ र सेतीबाट १ करोड ५ लाख ८७ हजार २०० बाँड्ने बैंकको प्रस्ताव छ त्यस्तै, ५ प्रतिशत बराबरको ३८ करोड ३९ लाख ७३ हजार ९२ नगद लाभांश समेत प्रस्ताव छ । प्रस्तावित बोनस बैंकको सातौ वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३४ लाख ३४ हजार पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?