काठमाडौं । बितेको तीन महिनाबाट कोरोना भाइरसको कारण बन्द भएको सैलुन खोल्न पाउँदा व्यवसायी खुशी भएका छन् ।
यसैबीच भारतको महाराष्ट्रमा एउटा अनौठो घटना भएको छ ।
सैलुन खोल्न पाएको खुशीयालीमा त्यहाँका मालिकले कपाल काट्न आएका सबै ग्राहकको कपाल सुनको कैँचीले काटेका छन् ।
उक्त सैलुनका मालिक रामभाउ संकपालले यस्तो गरेका हुन् । उनले १० तोला सुन किनेर त्यसको कैँची बनाएर ग्राहकको कपाल काटेका हुन् ।
अहिले उनको चर्चा सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया