‘महिलालाई उद्यमशीलताको अवसर दिनुपर्छ’

नेपालगञ्ज, १० फागुन । महिला उद्यमी संघ, बाँकेको आयोजनामा आजदेखि यहाँ व्यापार मेला सञ्चालन गरिएको छ नेपालगञ्ज नगर उपप्रमुख उमा थापा मगरले मेलाको उद्घाटन गर्दै महिला वर्गको आर्थिक सशक्तीकरणका लागि उनीहरुलाई उद्यमशीलताको अवसर दिइनुपर्ने धारणा राखेका थिए बाँके जिल्लाका महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रचारप्रसार र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेला फागुन १४ गतेसम्म सञ्चालन हुनेछ मेलामा महिला उद्यमी हस्तकला, खाद्यान्न सामग्री, पहिरनलगायतका ४० कक्ष राखिएको संघका महासचिव सावित्रा बस्नेतले बताए । मेला अवधिभर करिब ४ लाखको कारोबार हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?