गधाको दूधबाट बन्छ संसारको सबैभन्दा महङ्गो पनीर !

काठमाडौं । हामी सबैले पनीर खाएका नै छौँ । तर तपाईले कहिल्यै गधाको दूधबाट बनेको पनिर खानुभएको छ ? र गधाको दूधबाट पनि पनिर बन्छ भन्ने कुरा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई त्यसको बारेमा जानकारी गराउँछौँ ।

विश्वको सबैभन्दा महँगो (पनीर) गधाको दूधबाट बन्ने गर्दछ । एक रिपोर्टका अनुसार विश्वको सबैभन्दा महँगो गधाको दूधबाट बनेको पनीर युरोपेली देश सर्बियाको फारम हाउस (जासाभिका स्पेशल नेचर रिजर्भ) मा बन्ने गर्दछ, जसको मूल्य लाखौँ रुपैयाँ किलो पर्दछ । यद्यपि यो पनीर बनाउनका निम्ति विशेष गधाको दूध मात्र प्रयोग गरिन्छ।

सर्बियामा बन्छ गधाको दूधको पनीर

एक रिपोर्टका अनुसार उत्तरी सर्बियामा जासाभिका स्पेशल नेचर रिजर्व नाम गरेको फार्म हाउस रहेको छ।

यो फारम घर स्लोबोदान सिमिकद्वारा सञ्चालित छ। स्लोबोडानको पार्कमा २०० भन्दा बढी गधाहरू छन्। यी गधाहरूको दूधबाट धेरै प्रकारका उत्पादनहरू तयार हुन्छन्। तर तिनीहरूको पनीर पुरा विश्वमा प्रख्यात छ।

यसलाई धेरै दुर्लभ चीज पनि मानिन्छ, किनभने यो धेरै ठूलो परिमाणमा बनाउन सकिँदैन।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?