काठमाडौं । कोरोना भाइरसको कहर लगातार जारी छ । यस महामारीबाट बच्नको लागि देशका विभिन्न स्कूल तथा कलेजहरु बन्द छन् ।
यस्तो समस्या नेपालमा मात्र होइन संसारका विभिन्न देशहरुमा पनि यस्तै अवस्था छ । यसैबीच थाइल्याण्डमा भने नयाँ तरिकाले स्कूल खुलेका छन् ।
उक्त तरिकाको सबैले प्रशंसा गरिरहेका छन् । थाइल्याण्डको एक स्कूलले कोरोना संक्रमण पछि स्कूल खुल्दा क्लासमा कार्ड बोर्ड ब्यालेट बक्स लगाएर क्लास सञ्चालन गरेको छ । यो स्कूलको नाम सामखोक स्कूल रहेको छ ।
उक्त स्कूलमा ५ हजार भन्दा धेरै विद्यार्थीहरु रहेको र उनीहरु सबैलाई यहि उपाय अपनाउन लगाइएको बताइएको छ ।
अहिले सामाजिक सञ्जालमा यो तरिकाको प्रशंसा भईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया