आज चन्द्र ग्रहण लाग्दै, कति घण्टासम्म रहन्छ ग्रहण ?

काठमाडौं । जुलाई ५ अर्थात आज चन्द्रग्रहण लाग्दैछ । ज्योतिष शास्त्रका अनुसार हरेक ग्रहणले छुट्टाछुट्टै फल प्रदान गर्दछन् । तर यस पटक लाग्दै गरेको ग्रहणले भने संकटको संकेत दिएको ज्योतिषिहरुको भनाई छ ।

एकै महिनामा सूर्य ग्रहण पहिला र अब चन्द्र ग्रहण लाग्दैछ । ज्योतिषका जानकारीहरु यो ग्रहणले संकट निम्त्याउने बताइरहेका छन् ।

५ जुलाईमा अर्थात आज लाग्दै गरेको चन्द्र ग्रहण एक महिना भित्रमा लाग्ने तेश्रो ग्रहण हो । यो भन्दा पहिला ५ जूनमा चन्द्र ग्रहण लागेको थियो भने २१ जूनमा सूर्यग्रहण लागेको थियो । फेरी आज चन्द्र ग्रहण लाग्दैछ ।

सन् १९६३ मा पनि एक महिनामा लागेको थिए तीन चन्द्र ग्रहण

जानकारका अनुसार आज भन्दा ५८ वर्ष पहिला अर्थात सन् १९६२ मा पनि एके महिनामा तीन वटा ग्रहण लागेको थियो ।

आज लाग्दै गरेको चन्द्र ग्रहण ८ बजेर ५४ मिनेटमा शुरु हुनेछ भने ११ बजेर २१ मिनेटमा सकिने छ ।

चन्द्र ग्रहणको कुल अवधि २ घण्टा ४३ मिनेटको हुनेछ । यो चन्द्र ग्रहण धनु राशि र पूर्वषाढा नक्षत्रमा लाग्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?