नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच शेयर निस्काशन सम्बन्धी सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवम् सर्वसाधारणमा शेयर निस्काशन एवम् प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ ।

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैयाँ बराबरको शेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो ।

उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?