के तेल लगाउँदा मात्र कपाल बाक्लो र लामो हुन्छ ?

काठमाडौं । हामीमाझ तेल लगाउँदामात्र कपाल बाक्लो र लामो हुने धारणा रहेको छ । कपाल मजबुत बनाउनको लागि नियमित रुपमा कपालमा तेल लगाउनु राम्रो मानिन्छ । कपालमा तेल नलगाए कपाल टुक्रने, झर्ने र कपाल बिग्रन्छ ।

कपालमा पोषणको लागि तेल लगाउनु जरुरी हुन्छ नै तर कपालमा तेल नलगाइकन पनि कपाल राम्रो बनाउन सकिन्छ । त्यसको बारेमा आज हामी तपाईलाई जानकारी गराउँछौँ ।

केरा र कागतीको पेष्ट लगाउनेः

कपालको लागि केरा र कागती धेरै राम्रो मानिन्छ । एउटा पाकेको केरा मुछेर त्यसमा दुई चम्चा कागतीको रस राम्रोसँग मिसाउनु पर्छ ।

त्यसपछि उक्त पेष्टलाई कपालमा राम्रोसँग लगाउने र २० मिनेटसम्म छोड्दिनु पर्छ । २० मिनेट पछि कपाल राम्रोसँग पखाल्ने गरेमा कपाल राम्रो हुन्छ ।

काँचो दूध र अण्डाको पेष्टः

काँचो दूध र अण्डाको पेष्ट कपालको लागि फाइदाजनक हुन्छ । यसले कपालको चमक बढाउँछ । काँचो दूध र अण्डाको पेष्ट बनाउनको लागि अण्डालाई काँचो दूधमा मिसाउनुपर्छ ।

त्यसपछि उक्त पेष्टलाई कपालको जरा जरामा राम्रोसँग लगाउने गर्नुपर्छ। पेष्ट लगाएर एक घण्टासम्म छोड्ने । त्यसपछि कपाल पखाल्ने । यसले कपालमा चमक मात्र आउँदैन् । कपाल बाक्लो र बलियो पनि बनाउँछ ।

बेसन, एप्पल साइडर भेनेगर र मेवाको पेष्टः

कपालको लागि बेसन र मेवाको पेष्ट एकदमै राम्रो हुन्छ । यसले कपाल बाक्लो र बलियो हुन्छ । बेसन र मेवाको पेष्ट बनाउनको लागि मेवालाई स-सानो टुक्रामा काट्ने ।

टुक्रा पारिसकेपछि हातले मोल्ने । मुछिसकेपछि त्यसमा बेसन र एप्पल साइडर भेनेगर मिसाएर पेष्ट तयार पार्ने ।

यस पेष्टलाई कपालमा लगाउने । र आधा घण्टा छोडिदिने । आधा घण्टापछि कपाल पखाल्ने । यसले कपाल बाक्लो र बलियो बनाउनुको साथै चाँयाबाट पनि मुक्त पार्छ ।

दहीको पेष्टः

कपालमा दही पनि लगाउन सकिन्छ । दहीबाट कपालमा पोषण मिल्छ । यसको लागि कपाल नुहाउनु अघि टाउकोको अगाडिको भाग (स्कल्प) मा दही लगाउने र आधा घण्टा छोड्दिने गर्नुपर्छ । त्यसपछि स्याम्पुले नुहाउनुपर्छ । दही लगाएपछि कपालमा कन्डिसनर लगाउनु जरुरी हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?