सवारी चालकको आँखा परीक्षण गरिने

पोखरा, ११ फागुन – बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते हुने शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिने बिहीबार यहाँ आयोजित छलफल कार्यक्रममा जानकारी दिइयो पश्चिमाञ्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा हुने शिविरमा पोखरास्थित विभिन्न आठवटा लायन्स क्लबको आयोजना तथा आँखा अस्पतालको प्राविधिक सहयोग रहने कार्यक्रम संयोजक विनोद ढुंगानाले जानकारी दिए हिमालयन आँखा अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट इन्द्र महर्जनले चालक अनुमतिपत्र लिँदा र नवीकरणमा आँखा परीक्षणलाई कडाइका साथ लागू गर्ने हो भने दुर्घटनामा केही हदसम्म भएपनि कमी आउने बताए यस क्षेत्रमा लामो र छोटो दूरीका लगभग चार हजार सार्वजनिक यातायातका साधन तथा आठ हजार चालक र सहचालक मार्फत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको गण्डकी धौलागिरि यातायात समन्वय समितिका अध्यक्ष पद्मबहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?