महिलाले छतलाई बनाइन् गार्डेन, बिना माटो फल्छन् फल र शब्जी

काठमाडौं । बिना माटो कुनै फल फल्छ भन्दा हामीलाई विश्वास लाग्दैन । तर यो घटना सत्य हो । हामीलाई विश्वास नलाग्ने केहि घटनाहरु वास्त्वमा सत्य पनि हुन्छन् ।

आज हामी तपाईलाई एउटा विश्वास गर्न गाह्रो पर्ने तर सत्य कुराको बारेमा जानकारी दिँदैछौँ । भारतको पुणेमा बस्दै आएकी नीला रेनाभिकरले आफ्नो घरको छतमा बिना माटोबाटै गार्डेन र फल तथा शब्जीहरु फलाएकी छन् ।

उनले आफ्नो छतलाई खेत जस्तै बनाएकी छन् । ४५० स्बक्वायरफीटको छतमा उनले तरकारी र फलफूल लगाएकी हुन् ।

उनको छतमा हरेक किसिमका फल तथा तरकारी रहेका छन् । उनले विगत १० वर्ष देखि बिना माटोबाटै तरकारी र फलफूल फलाउँदै आएकी छन् ।

म्याराथुन धावकको यो अनौठो तरिकाले हर कोहि अचम्मित भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?