भक्तपुर, ६ असोज ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ठूला दलको स्वार्थका कारण देश समस्यामा परेको बताउनुभएको छ ।नेमकिपाको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघको स्थापना दिवसको अवसरमा आज आयोजित विचारगोष्ठीमा उनले नेपाली काँग्रेस, एमाले र (माओवादी केन्द्र)को स्वार्थका कारण देशले निकास पाउन नसकेको बताएका हुन ।अध्यक्ष विजुक्छेले युवाहरूमा दुविधा भएका कारण नेपालमा क्रान्ति हुन नसकेको जिकिर गर्दै युवामा राजनीतिप्रति प्रतिबद्धता नहुँदा दोधारको अवस्था सिर्जना भएको विचार व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया