वासिंगटन, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया विरुद्ध ‘अहिलेसम्मकै सबैभन्दा कडा’ नाकाबन्दी लगाउने घोषणा गरेका छन् अमेरिकाले लगाउने नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानीजहाज कम्पनीहरु विरुद्ध लक्षित हुनेछ । अमेरिकाले उत्तर कोरियाले आणविक हतियार निर्माणको कार्यक्रम जारी राखेकाले नाकाबन्दी लगाउनुपरेको दाबी गरेको छ राष्ट्रपति ट्रम्पकी छोरी इभान्का शीतकालीन ओलम्पिकको समापन समारोहमा भाग लिन दक्षिण कोरिया पुगेको केही घन्टापछि यो नाकाबन्दीको घोषणा भएको हो । सो समारोहमा उत्तर कोरियाको समेत सहभागिता रहने छ अधिकांश पानी जहाज कम्पनीहरु लगायत नाकाबन्दी लगाइएका १६ वटा कम्पनीहरु उत्तर कोरियाली हुन् । अन्य कम्पनीहरुमध्ये पाँचवटा हङकङमा, दुई दुईवटा चीन र ताइवानमा तथा एक–एक वटा पनामा र सिंगापुरमा दर्ता गरिएका छन् यस अघि गत डिसेम्बर महिनामा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न नाकाबन्दीहरु लगाएको थियो अमेरिकाले एक दशकदेखि नै उत्तर कोरिया विरुद्ध विभिन्न नाकाबन्दी लगाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया