आफ्नै आमामाथि भइरहेको बलात्कार हेर्न बाध्य छन् यी नागरिक

जुवा, १२ फागुन । संयुक्त राष्ट्र संघले दक्षिण सुडानमा महिलामाथि बलात्कार हुनाका साथै उनीहरुका बच्चालाई समेत आफ्नै आमामाथि भएको बलात्कार भएको हेर्न विवश बनाइएको बताएको छ संयुक्त राष्ट्र संघका मानवअधिकार जाँचकर्ताको एक रिपोर्टमा दक्षिण सुडानमा ४० जना अधिकारीहरु मानवअधिकार र युद्धअपराधमा जिम्मेवार रहेको हुनसक्ने बताइएको छ जसमध्ये ५ जना कर्णेलस्तरका अघिकारी रहेका छन् भने तीन जना राज्य गभर्नर हुन् । यी अधिकारीहरुको नाम नखुलाईएपनि आगामी दिनमा सुनुवाईका लागि नाम सार्वजनिक गर्नसकिने जनाइएको छ संयुक्त राष्ट्रसंघले पीडित परिवारको पीडाबाट उनीहरुलाई आफ्नो परिवारको सदस्यमाथि बलात्कार गर्न पनि विवश बनाइएको बताएको छ एक महिलाले आफ्ना १२ वर्षीय छोरालाई बाँच्नका लागि आफ्नै हजुरआमासँगा यौन सम्बन्ध राख्न बाध्य बनाएको बताएकी छन् दक्षिण सुडानको मानवअधिकार आयोगका प्रमुख यास्मिन सुकले यौन हिंसा चरम अवस्थामा पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?