एजेन्सी । छालालाई राम्रो र अनुहारलाई चम्किलो बनाउन व्यूटिसियन वा औषधिहरुको प्रयोग गर्न आवश्यक छैन । त्यसका लागि घरमै पाइने केही घरेलु विधिबाट प्राकृतिक रुपमा नै अनुहार चम्किलो बनाउन सकिन्छ त्यसका लागि अण्डा निकै फाइदाकारी भएको पाइएको छ । एक अध्ययन अनुसार अण्डाको बोक्राले छालालाई निकै फाइदा पुर्याउछ अण्डाको बोक्रामा पाइने प्राकृति एसिड र गुणले छालाको सफाई गर्दै त्यसलाई चम्किलो बनाउँछ । त्यसकारण अर्कोपटक अण्डाको बोक्रालाई फाल्नुभन्दा पहिले एकपटक अवश्य पनि सोच्नुहोस् छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ । अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेस्ट बनाउन सकिन्छ । यसलाई आफ्नो अनुहारमा लगाएपछि अनुहार सफा पानीले धुने । अण्डाको बोक्राले बनेको यो मास्कले छालाको सफाई गर्दछ र रोमछिद्रलाई बन्द हुनबाट जोगाउँछ अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ अतः यसले छालालाई जवान र चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडर दुई चम्चा लिने र त्यसमा मह र बेसन मिसाउने । यो मास्कलाई अनुहारमा लगाउन सकिन्छ र करिब १५ मिनेटपछि सफा पानीले धुने । यो प्रक्रियालाई हप्तामा तीन वा चारपटक अपनाउनु पर्छ शोधका अनुसार जो महिलाको उमेर ३० पारी छ उनीहरुले अण्डाको बोक्रालाई आफ्नो सौन्दर्य दिनचर्यामा अवश्य पनि समावेश गर्नुपर्छ । अण्डाको बोक्राको पाउडर ३–४ चम्चा लिने र यसमा दही मिसाउने । यसमा एक चिम्टी बेसार मिसाउने र यो पेस्टलाई अनुहारमा लगाउने । यसलाई २० मिनेटपछि पखाल्ने । अण्डाको बोक्राले बनेको मास्क बुढ्यौलीको संकेतलाई कम गर्ने गर्दछ । यसले अनुहारको चाउरीपन हटाउन सहयोग पुर्याउँछ यदि आँखा मुनीको छाला सुख्खा छ र छालालाई पुनर्जिवित गर्नका लागि अण्डाको बोक्रालाई प्रयोगमा ल्याउन सकिन्छ । २–४ चम्चा अण्डाको बोक्राको पाउडरमा मह मिसाउने र दुबै पदार्थलाई निकै राम्रोसँग मिसाउने । यसलाई छालामा लगाएर गोलाकार दिशामा आँखा वरिपरि मसाज गर्ने । प्रत्येक दिन सुत्नुभन्दा पहिले यो मास्कको प्रयोग गर्दा आँखा मुनीको छाला निकै समयसम्म नरम भइरहन्छ थुप्रै मानिसहरुलाई छाला चिलाउनेजस्तो समस्या हुने गर्दछ । आफ्नो छालाको हेरबिचारको दिनचर्यामा अण्डाको बोक्रलाई समावेश गरेर छालालाई आराम प्रदान गर्न सकिन्छ । छाला पोल्ने समस्या छ भने तुरुन्त आराम पाउन सकिन्छ । एक कप एप्पल साइडर भिनेगर लिने र त्यसमा अण्डाको बोक्राको पाउडर मिसाउने । यो मिश्रणलाई सेट हुन दिनुपर्छ र यसलाई १० मिनेटसम्म यत्तिकै छोडिने । अब यो मिश्रणलाई छालामा लगाउँदा चम्किलो छाला प्राप्त गर्न सकिन्छ अण्डाको बोक्राको पाउडरमा घ्युकुमारीको जेल मिसाउने । यो मास्कलाई अनुहारमा लगाउने र चिसो पानीले धुने । हप्तामा दुईपटक यो यसो गर्दा अनुहार चम्किलो हुनुको साथै छाला कोमल हुन्छ अण्डाको बोक्रा एक प्राकृति पदार्थ हो जसले छालालाई भित्रैदेखि सफा गर्दछ र रोमछिद्रलाई खोल्दछ । अण्डाको बोक्राले रोमछिद्रमा जमेको फोहोर र धुलो सफा हुने गर्दछ जसका कारण रोमछिद्र बन्द हुन दिँदैन । अण्डाको बोक्राले बनेको मास्क तपाईंको छालाको लागि निकै फाइदाजनक हुन्छ अण्डाको बोक्राले छालालाई चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडरमा थोरै कागतीको रस र कोयलाको पाउडर मिसाने । यो मास्कलाई अनुहारमा लगाउने र आधा घण्टापछि पखाल्ने । अण्डाको बोक्रामा ब्लिचिङ र छालालाई चम्किलो बनाउने गुण पाइन्छ । यदि छालालाई चम्किलो र मुलायम राख्न चाहना छ भने यी तरिका अपनाउन सकिन्छ यसरी बनाउन सकिन्छ अण्डाको बोक्राको पाउडरअण्डाको बोक्रालाई घाममा सुकाउने । त्यसपछि त्यसलाई मिक्चरमा पिसेर धुलो बनाउनने र प्रयोगमा ल्याउने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया