काठमाडौं । भारतको मुम्बईमा एक अनौठो घटना भएको छ ।
जहाँ एक श्रीमान, श्रीमती र गर्लफ्रेण्डको बीचमा हंगामा भएको हो । जसका कारण सडकमा लामो जाम समेत परेको छ ।
एक महिला कारको अगाडि उभिएर हंगामा गरिरहेको भिडियोमा देखिन्छ ।
उनका श्रीमान कार भित्र गर्लफ्रेण्डसँग रहेको देखेपछि बीच सडकमै महिलाले गाडी रोकेर हंगामा मच्चाएकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना शनिवार भएको थियो । करिव साँझ पाँच बजे एक कारमा उनले आफ्नो श्रीमानले गर्लफ्रेण्ड लिएर हिँडेको देखेपछि यो घटना भएको थियो ।
कारमा श्रीमानले गर्लफ्रेण्ड बोकेर हिँडेको देखेपछि श्रीमती उक्त कारलाई पच्छ्याँदै गईन् र बाटोमै ओभरटेक गरेर गाडी रोकिन् ।
उनले श्रीमानलाई बाहिर निकाल्न अनेक कोशिस गरेको भिडियोमा देख्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
It seems a husband is with some other female in the car. Caught by wife, at Peddar Road. #yehtohgaya pic.twitter.com/hVa2XA52lY
— whiskeylovin’pundit (@theteefactory) July 12, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया