तोलामा ९२ हजार ७ सय पुग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?