बेइजिङ, १३ फागुन । चीनले आफ्नो देशका फर्म र पानीजहाजबाट सामान ओसारपसार गर्ने कम्पनीमाथि लगाएको प्रतिबन्ध हटाउन अमेरिकालाई आग्रह गरेको छ उत्तर कोरियासँग व्यापार गर्ने भनिएका चिनियाँ फर्म र पानीजहाजबाट सामान ओसारपसार गर्ने कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्ध लगाएको थियो चीनले त्यस्ता कम्पनीहरूमाथि अनुसन्धान गर्ने र तिनीहरूमाथि कारबाही गर्ने जिम्मेवारी बेइजिङको भएको भन्दै अमेरिकी प्रतिबन्ध विरुद्ध उभिएको हो गत साताको सुरूतिर जापानी सैनिकले एउटा उत्तर कोरियाली पानीजहाजले चिनियाँ अक्षर लेखिएको जहाजबाट सामानहरू ओसार्दै गरेको फोटो खिचेका थिए यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध ‘अहिलेसम्मकै सबैभन्दा कडा’ नाकाबन्दीहरु लगाइने घोषणा गरेका थिए । उत्तर कोरियाले आफ्नो पारमाणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले ताजा प्रतिबन्धहरू लगाउनुपरेको अमेरिकी अधिकारीहरूले बताएका छन् गत डिसेम्बरमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न प्रतिबन्धहरू लगाएको थियो । अमेरिकाले गत एक दशकदेखि नै उत्तर कोरियाविरुद्ध विभिन्न प्रतिबन्धहरू लगाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया