साउन लागेपछि निस्किए हजारौँ पहेँलो रङका भ्यागुता (भिडियोसहित)

काठमाडौं । रहस्यले भरिएको यो संसारमा कहिले काँही हामी विश्वासै गर्न नसकिने दृश्य देख्छौँ । यस्तै एउटा घटना भारतमा पनि देखिएको छ ।

मनसुनको यो समयमा सुन कलरका हजारौँ भ्यागुता देखिएका छन् । जो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

कोरोना कालमा पहेँलो कलरका भ्यागुताले मानिसलाई सोच्न बाध्य बनाइदिएको छ । यो भ्यागुताको नाम बुलफ्रोग रहेको छ ।

यो भ्यागुतो एकदमै आकर्षित देखिन्छ । यो नेपाल, भारत, बंगलादेश, म्यान्मार, पाकिस्तान र अफगानिस्तानमा पाइन्छ ।

अहिले भने भारतको मध्य प्रदेशस्थित नरसिंह्पुर जिल्लाबाट २० किलोमिटरमा रहेको आमगाउँमा भेटिएको हो । यो भ्यागुतो विषालु पनि हुँदैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?