काठमाडौं । माछा खाँदा शरीरलाई धेरै प्रोटिन मिल्छ । तर यो खाएपछि जापानमा एक महिलालाई माछा खानु घातक साबित भएको छ ।
२५ वर्षकी उक्त महिलाले जब आफूलाई मन पर्ने माछा खाइन्, तब उनले आफूलाई यस्तो बिघन आउँछ भन्ने सोचेकी थिइनन् ।
माछा खाएको भोलिपल्ट उनलाई घाँटी दुख्न थाल्यो । त्यसपछि उनी डाक्टर कहाँ पुगिन् । जब डाक्टरले उनको जाँच शुरु गरे तब उनले ३८ मिटर लामो र एक मिलिमिटर चौडाईको राउण्डवार्म रहेको पत्ता लगाए ।
सबै उक्त घटना पछि आश्चर्य चकित बनेका छन् । उनले पाँच दिन पहिला सशीमी नामको एक डिश खाएकी थिइन् ।
उक्त डिश कच्चा मासु र फिसबाट बनेको थियो । जापानमा सशीमीलाई राम्रो डिश मान्ने गरिन्छ ।
कच्चा डिश भएको कारण त्यसमा रहेका कीरुा सम्भवतः मानव शरीरमा जाने गर्दछ । सायद महिलालाई पनि त्यहि भएको हुनसक्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया