काठमाडौं । वि.सं. २०७७ साउन ०२ गते । शुक्रवार । इ.स.२०२० जुलाई १७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । ने.सं. ११४० बछलागा । श्रावण कृष्णपक्ष । तिथी– द्वादशी,२२ बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी ।
नक्षत्र– रोहिणी,१९ बजेर ४८ मिनेट उप्रान्त मृगशिरा । योग वृद्धि,२४ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण–कौलव,१० बजेर २८ मिनेट उप्रान्त तैतिल,२२ बजेर ५३ मिनेट उप्रान्त गर । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ५ बजेर १९ मिनेटमा, सूर्यास्त १८ बजेर ५८ मनेटमा । दिनमान ३४ घडी ०६७ पला । कमैया मुक्ति दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुले धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यावसायमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । पढाइ लेखाइमा मन जानेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधीको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुबै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायी रहनेछ । खानपानमा तथा बाहिरी वातावरण ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ । कृषि क्षेत्रमा समय लगानी हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको काम गरी पद प्राप्त गर्न सक्नेछन् । कृषि क्षेत्रमा समय लगानी गर्नहरुले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङ्कन हुनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । प्रेम तथा मित्रताको गाँठो कसिलो भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खानपान तथा मौसमको ध्यान दिनहोला समय मध्यम रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजाँदा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दी आउनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भौतिक सम्पत्ती तथा विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफैँ किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरिमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेको छ ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । कृषि क्षेत्रका समय व्यतित हुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शत्रुघरमा गोचर गर्ने चन्द्रमाले ऋण,रोग तथा शत्रुलाई रिमोभ गर्दै अगाडि बढ्न सकिनेछ । साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । बैंक तथा बित्तिय क्षेत्रको लगानी अथवा त्योसँग सम्बन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीतिज्ञ तथा समाजसेवीका लागी समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागि समय उत्तम रहेको छ । घरजग्गा तथा सवारी साधन सम्बन्धी विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरु नै हाबी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुबै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया