काठमाडौं । अहिले प्यान्डामिक इयर चलिरहेको छ, कोरोना महामारीसँग लडिरहेका छौं। हामी बाढी पहिरोको बीचमा पनि आइसकेका छौं । ठाउँठाउँमा बाटो, पुल भत्किरहेको छ, मानिसहरुको मृत्यु भैरहेको छ। पहिरोबाट धेरैजनाको ज्यान गैसकेको छ। यसबीचमा नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा घोषणा हुनु दुखद पक्ष हो। नेतृत्व वर्गले यसमा सोच्नुपर्ने अवस्था थियो ।
नेतृत्व वर्गले ब्यापारीको समस्याहरुलाई उठाउनुको सट्टामा चुनावी चटारोमा गएकोमा मलाई घोर आपत्ति छ। बैंकको ब्याज, विभिन्न तरिकाको कर प्रणाली, ब्यापारीलाई दिने राहतमा सरकारसँग लबिङ्ग गर्नुपर्ने सट्टामा कुर्सीको लडाँइ र मोहमा ठूला उद्योगी व्यवसायीहरु फसेका छन् । यीनिहरुले कस्तो नीति राखिरहेको छन्, चुनाव भयो भने म यो कुरा प्रबल रुपमा उठाउँछु साथीहरुको माझँमा । कसलाई काम गर्ने मोह छैन, कुर्सीको मोह छ। चुनावी चटारो पहिला लागिदियो उहाँहरुलाई।
यहाँ ब्यवसायीहरु मरिरहेको छ, बैंकले मारिरहेको छ, यहाँ ब्याजदर, मुद्रा नीतिको लबिङ्ग गर्नुपर्नेमा, महामारीबाट बचाउन राहत प्याकेज ल्याउनुपर्ने सट्टामा चुनावमा ब्यस्त रहेका छन्। अहिले चुवानमा उत्रिएकाहरु निजी स्वार्थमा एकदमै मुछिएका छन्। चुनाव लडेका कतिपय साथीहरुपनि मिडियामा आएर बोल्न सकिरहेका छैनन्। तर उनीहरुको पनि भित्रि चासो भनेको अहिले चुनाव नहोस् कोरोना महामारीसँग लडौं, भन्ने छ।
अहिले प्यान्डामिक इयर हो, अहिले जनताको निम्ति काम गर्नुहोस्, ब्यवसायीको कर प्रणालीको निम्ति काम गर्नुहोस्, बैंक ब्याजको निम्ति काम गर्नुहोस्। अहिले बैंकहरुले व्यवसायीहरुलाई तारन्तर कल गरेर जबरजस्ति कर कट्टी गरेर हैरान पारिदिएका छन् ब्याजका लागि ।
हामी व्यवसायीहरुलाई भन्छौं कसले व्यवसायीका निम्ती लडिरहेका छन् कोे कुर्सी मोहको लागि लडिरहेको छ । यहाँको व्यवसायीहरुलाई पनि थाहा छ नि, हामी यहाँको व्यवसायीको म्यान्डेड लिएर जान्छौं नि, बैंकर्सको कसले लबिङ्ग गरे कसले गरेरनन् भन्ने, अहिले बैंकर्स संघबाट सबैभन्दा पीडित उद्योगी ब्यवसायीहरु छन्। यस्तो बैंकर्सको नेतृत्व गर्नेलाई हामी किन नेतृत्वमा आउन दिन्छौं ।
प्रदेशमा व्यवसायीहरुको अवस्था निकै दयनीय छ। मधेश आन्दोलन र भुइँचालोभन्दा पनि दयनीय अवस्था रहेको छ। अर्थव्यवस्था ध्वस्त जस्तै भैसकेको छ। एकदमै पीडादायी अवस्था रहेको छ, व्यवसायीले पलायन हुनुपर्ने देखि आत्महत्या गर्नुपर्ने अवस्था छ। यो अवस्था महासंघको नेतृत्वले बुझेको अवस्था छैन ।
(नेपाल उद्योग वाणिज्य महासंघको चुनावको सन्दर्भमा प्रदेश नं. २ का अध्यक्ष शिव शंकर साह “हीरा” सँग कुराकानीमा आधारित ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया