काठमाडौं, १३ फागुन । ग्लोबल आइएमई बैंकले फागुन १३ गते आइतबार एकै दिन ६ स्थानमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं. ६, गोरखाबजार, बारा जिल्लाको निजगढ नगरपालिका वडा नंं. ९, निजगढ, मोरङ्ग जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नंं. १०, बिराटचोक, काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नंं. १०, मनमैज’, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नंं. ६, हात्तिगौडामा शाखा सञ्चालन गरेको हो त्यसैगरी डोटीको बोगटान गाउँपालिका वडा नंं. १०, चवारा चौतारामा पनि नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ थप ६ स्थानमा शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १२० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२० वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि-सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया